डोटी, २० वैशाख । डोटी जिल्लामा एकै परिवारका तीन जनाले रुखमा झुण्डिएर आत्महत्या गरेका छन् ।
डोटीको लक्ष्मीनगर गाबिस ३ मा आइतबार आमा २९ बर्षिया बसन्ती ओली, १२ बर्षिय छोरा प्रबिण ओली र ९ बर्षिया छोरी सरस्वती ओली रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई घरदेखि आधा घण्टाको दुरीमा रहेको जंगलको बीचमा रुखमा झुण्डिएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।
मृत्युको कारण खुल्न नसकेको भएपनि श्रीमानले मदिरा सेवन गरेर दैनिक कुटपिट गर्न थालेपछि सहन नसकेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घटना स्थल जिल्ला सदरमुकाम डोटीवाट १ सय पचास किलो मिटर भन्दा टाढा रहेको छ । मृतकको शवको अंचल अस्पताल धनगढीमा पोष्टमार्टम गरिएको छ ।
घटनाको थप अनुसन्धान र सत्य तथ्य पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक बोधराज ओझाको टोली आजै घटनास्थल तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।















प्रतिक्रिया