४ कार्तिक २०८३, बुधबार

बर्दियालाई जेठ २२ मा खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

toilet-used– यज्ञप्रसाद सापकोटा

बर्दिया,२० वैशाख । बर्दियालाई आगामी जेठ २२ गते खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिने भएको भएको छ । जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति बर्दियाको आज बसेको बैठकले जेठ २२ गते विश्व वातावरण दिवसको अवसरमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

वैशाख महिना भित्र जिल्लालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य राखेको भएपनि गत बैशाख १२गते आएको महाभूकम्पका कारण सफल हुन नसकेको हो । बर्दिया जिल्लालाई आगामी जेठ २२ गते खुल्ला दिशा मुक्त घोषणा गरेमा तराई कै पहिलो खुल्ला दिशा मुक्त क्षेत्र हुने भएको छ ।

बर्दिया जिल्लामा २० ओटा गाविस र ४ ओटा नगरपालिकाहरु मध्ये एउटा नगरपालिका खुल्ला दिशा मुक्त क्षेत्र घोषणा हुन बाँकी रहेको छ । बाँकी रहेको गुलरिया नगरपालिका पनि खुल्ला दिशा मुक्त नगरपालिका घोषणा हुन बाँकी रहेको छ ।

घोषणा कार्यक्रम व्यवस्थित गर्नका लागि खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति का सदस्य सचिव अर्जुन कुमार बमको संयोजकत्वमा तयारी समिति गठन गरेको छ । समितिमा सरसफाईको क्षेत्रमा काम गर्ने संघसंस्था, नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, नागरिक समाज, गैसस लगाएतकाको संलग्नता रहेको छ ।

केही समय अगाडी सम्म बर्दिया जिल्ला तराईका जिल्ला भएकै कारण खुल्ला दिशामुक्त हुन गाह्रो मानिएको थियो तर गत पौष १६ गते बसेको जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको बृहत बैठक पछि यसले तिव्र अभियानको रुपमा दिएको हो । जिल्लाका राजनीतिक दल सरकारी कार्यालय विभिन्न संघ संस्थाले बैशाख १ गते भित्रै जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने प्रतिवद्धता लिएका थिए ।

‘तराईका जिल्लामा पहिलो हुने भएका छौँ ।’ जिल्लाका खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति बर्दियाका अध्यक्ष तथा स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले बताए ।

उनले भने-‘जिल्लालाई सरसफाई अभियानमा पहिलो स्थानमा राख्न चहान्छौँ ।’ खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय बर्दियाका प्रमुख अर्जुन कुमार बमले जिल्लामा सरसफाई अभियान अन्तिम चरणमा पुगेको बताएका छन् ।