३१ आश्विन २०८३, शनिबार

कान्तिपुर टेलिभिजनले आइपिओ जारी गर्दै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ असार । कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने घोषणा गरेको छ ।

कान्तिपुर टेलिभिजन स्थापनाको २० औं वर्षका अवसरमा बिहीबार आयोजित विशेष समारोहमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले छिट्टै आइपिओ जारी गर्ने जानकारी दिएका हुन् ।

उनले सेयर निष्कासनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धकसमेत तोकिएको बताए ।

जसका लागि अध्यक्ष सिरोहिया र सानिमाका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले सेयर निष्कासनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।

१९ वर्षसम्म मिहिनेत गरेर दर्शकको विश्वास जितेको र सफलतामा आगामी दिनमा सर्वसाधारण लगानीकर्तासँग साझेदारी गर्न टेलिभिजनलाई पब्लिक लिमिटेड बनाइएको उनको भनाइ छ ।