३१ आश्विन २०८३, शनिबार

उपेन्द्रले निकाले बाबुरामसहित ९ जना नेता, अशोक राई संघीय परिषद अध्यक्ष

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असार । जनता समाजवादी पार्टी (जसपा) अन्ततः फेरि औपचारिक रुपमा विभाजित बनेको छ ।

बिहीबार वीरगञ्जमा बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादव पक्षले डा.बाबुराम भट्टराईसहितका नौ जना नेतलाई हटाएपछि पार्टी औपचारिक रुपमा फुटेको हो ।

बैठकले संघीय परिषद् अध्यक्षबाट भट्टराईलाई हटाएर अशोक राईलाई चयन गरेको बताइएको छ।

निकालिएकाहरुमा बाबुरामसहित गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्रराय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोब रहेका छन् ।

यसअघि काठमाडौँमा आफ्नो पक्षको भेलामा भट्टराईले पार्टीलाई पुनर्गठन गर्ने निर्णय गरिसकेका छन् ।