४ कार्तिक २०८३, बुधबार

गोरखाका भूकम्पपीडितलाई जोरपाटी लायन्स क्लबको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gorkha 3

गोरखा, २० वैशाख । लायन्स क्लब अफ काठमाडौ जोरपाटीले महाभूकम्पबाट अति प्रभावित गोर्खा जिल्लाबासीलाई राहत तथा खाद्यान्य सामाग्री उपलब्ध गराएको छ ।

जोन चेयरपर्सन लायन धनप्रसाद लामिछाने नेतृत्वको टोलीलले गोर्खा जिल्लाको आरुचनौटे गाविसमा पुगेर वडा नम्बर ४ र ५ मा राहत तथा खाद्यान्य सामग्री उपलब्ध गराएको हो ।

टोलीले पीडितलाई २ सय ४० केजी चामल, १ बोरा दालमोठ, २ बोरा नुन, चाउचाउ ४० बाक्सा, पाल २० थान र ४० थान म्याट उपलब्ध गराएको छ । जोरपाटी क्लबका सेक्रेटरी दिपक चापागाई, सदस्य दीपक लामा सहित सामजिक कार्यकर्ताहरु रामृकष्ण श्रेष्ठ, सुन्दर श्रेष्ठ, सरोज पुडासैनीको पहलमा खाद्यान्य तथा राहत सामग्री बटुलिएको हो ।

स्थानीय स्तरमा राहत वितरणका लागि रामचन्द्र लामिछाने, मिनबहादुर अधिकारी, पुष्पलाल लामिछाने, हरि लामिछानेले लगायतले पनि सहयोग गर्नु भएको थियो । महाभूकम्पका कारण आरुचनौटेमा ५ जनाको मृत्यु हुनाका साथै १ सय १५ वटा घरहरु ध्वस्त भएका छन् ।

gorkha 2  gorkha 4