१४ कार्तिक २०८३, शनिबार

महाभूकम्पको नवौँ दिन गृहजिल्ला पुगे भट्टराई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-bhattarai-gorkha

काठमाडौँ, २० बैशाख । पूर्वप्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई महाभूकम्पले पुर्याएको क्षतिको जानकारी लिन गृह जिल्ला गोरखा पुग्नुभएको छ ।

Baburam-bhattarai-gorkha3

महाभूकम्प गएको नवौँ दिन आइतबार भट्टराई गृहजिल्ला गोरखा पुग्नुभएको हो । सडकमार्ग हुँदै कुरिनटार पुग्नुभएका भट्टराई केबलकारबाट मनकामना मन्दिर क्षेत्रमा पुग्नुभएको थियो । भट्टराईले गोरखाको मनकामना मन्दिर क्षेत्रमा भूकम्पबाट भएको जनधनको क्षतिबारे जानकारी लिनुभएको छ । उहाँले भूकम्पको महाविपत्तिमा परेकाहरुको घाउमा सान्त्वना र आत्मियताको थोरै भएपनि मलहम लगाउन गोरखा गएको बताउनुभएको छ ।Baburam-bhattarai-gorkha2

 

‘मैले आफ्नो तथा पार्टीको पहलमा संकलित राहत सामाग्री प्रजिअको संयोजकत्वमा रहेको जिल्ला प्राकृतिक प्रकोप उद्धार समिति मार्फत नै पठाउँदै आएको छु र जेजति संकलित हुनेछ त्यही प्रक्रियाबाटै वितरण गर्नेछु,’ भटट्टराईले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ , ‘जब प्रकृतिले कुनै दल वा विचार नभनी समान ढंगले विनाश गर्यो भने हामीले राहत वितरणमा दलगत, गुटगत आग्रह किन राख्ने ?’

Baburam-bhattarai-gorkha1

आफ्नै जिल्लाका वरिष्ठ नेता तथा सभासद् समेत रहेका भट्टराई गृहजिल्ला नआएपछि सर्वसाधारण आक्रोशित भएका थिए ।