४ कार्तिक २०८३, बुधबार

जलाउने तयारी गरिएको लास प्रहरीले घाटबाटै फिर्ता लग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, २० वैशाख । दाहसंस्कार गर्न लागिएको एक महिलाको शवलाई जिल्ला प्रहरी कार्यालय इलामको टोलीले घाटबाट उठाएको छ । हत्या गरी दाहसंस्कार गर्न लागेको खबर स्थानीयवासीले दिएपछि पाँचथरको अमरपुर–९ स्थित माइतीमा बस्दै आएकी शान्ता तामाङको शव प्रहरीले घाटबाट उठाइ शव परीक्षणका लागि शव गृहमा पुर्‍याएको छ ।

उपचारका क्रममा झापाको मनमोहन अस्पतालमा मृत्यु भएको बताएर शनिबार इलाम नगरपालिकाको गुम्बाडाँडामा दाहसंस्कार गर्न एक्लैले शव लिएर आएपछि शङ्का उत्पन्न भएको थियो ।

अस्पतालको डेथ सर्टिफिकेट देखेपछि चुरेघाटी संवद्र्धन गर्न बनेको कमिटीले शव जलाउन अनुमति दिएको थियो । शव निकाल्दा शवको पेट ठूलो देखेपछि हामीले केरकार गर्यौँ, समितिका सचिव चन्द्र तामाङले भन्नुभयो, “अनि महिलाको पति तथा अन्य आफन्तको फोन नम्बर माग्दा पनि मृतकका दाजुले नदिएपछि प्रहरीलाई खबर गर्नुपरेको हो ।” प्रहरीले शव नियन्त्रणमा लिएर शव परीक्षण गर्न अस्पताल पठाएको हो । प्रहरीले मृतकका दाजु पशुपति तामाङलाई नियन्त्रणमा लिएको छ । पशुपतिले बहिनीको मृत्यु दमको रोगले भएको बयान दिएको प्रहरी निरीक्षक याम पौड्यालले बताउनुभयो ।

मृतकका पति वैदेशिक रोजगारमा छन् । रासस