१ कार्तिक २०८३, आइतबार

बुढिगंगामा १७ सय मत गन्न बाँकी, एमाले उम्मेदवारको अग्रता कायमै

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ असार । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी छ ।

हालसम्म खसेको ९ हजार ११७ मतमध्ये ७ हजार ४१७ गणना भइसकेको छ ।

पछिल्लो परिणामअनुसार प्रमुख–उपप्रमुख दुवैमा एमालेका उम्मेदवार अगाडि छ्न् ।

प्रमुखमा एमाले उम्मेदवार रामबहादुर बानियाँ ३ हजार ८८१ मतसहित अगाडि छन् । उनी ७८० मतान्तरले अघि छन् । कांग्रेसका रङ्गबहादुर खातीले ३ हजार १०१ मत ल्याएका छन् ।

त्यस्तै, उपप्रमुखमा मायाकुमारी खड्का कुँवरले ३ हजार ७५३ मतसहित अग्रता कायम गरिरहँदा रिता शाहीले ३ हजार १५३ मत ल्याएकी छन् । उनीहरुबीच बीच ६०० मतान्तर रहेको छ ।

अहिलेसम्म वडा नम्बर १, २, ९, १०, ८, ७, ४ र ३ को गणना सकिँदा एमालेले ५ वटा वडामा जितेको छ भने कांग्रेसले ३ वटामा विजय हासिल गरेको छ ।

अब २ वटा वडाको गणना बाँकी छ ।