१ कार्तिक २०८३, आइतबार

लेखक सरिता तिवारीको खुलासाः कवि संगीत श्रोताले यौन दुर्व्यवहार गरेका हुन्

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ असार । लेखक तथा स्तम्भकार सरिता तिवारीले आफूमाथि कवि संगती श्रोताले यौन दुर्व्यवहार गरेको खुलासा गरेकी छन् ।

शनिबार साँझ फेसबुक लाइभमार्फत आफूमाथि श्रोताले यौन दुर्व्यवहार भएको दावी गरिन् ।

यसअघि विभिन्न सञ्चारमाध्यममा तिवारीमाथि यौन दुर्व्यवहारको घटना बाहिर आए पनि उनले त्यस्तो केही नभएको बताएकी थिइन् । तर चौतर्फी रुपमा चासो बढेपछि भने सरिताले आफैँ फेसबुक लाइभमार्फत आफूमाथि दुर्व्यवहार भएको सार्वजनिक खुलासा गरिन् ।

त्यस क्रममा उनले संलग्न व्यक्तिहरुका बारेमा पनि भनेकी छन् ।

उनले आफ्नो कविता संग्रह ‘प्रश्नहरूको कारखाना’ को सम्पादनको क्रममा ०७२ सालमा संगीतले यौन दुर्व्यवहार गरेको बताएकी हुन् ।

दुर्व्यवहारका कारण आफू तनाव र ट्रमामा रहेर यतिन्जेलसम्म झेल्नुपरेको सरिताले उल्लेख गरेकी छन् ।

महिला हिंसाविरुद्ध वकालत गर्ने उनले आफ्नोबारे सार्वजनिक गरेकी हुन् ।