
काठमाडौँ, २५ असार । बाजुराको बुढिगंगा नगरपालिकाको ६ वडाको नतिाज आउँदा पाँच वटा वडामा नेकपा (एमाले) विजयी भएको छ ।
बिहीबार भएको पुनः मतदानको जारी मतगणनामा ६ वटा वडाको गणना सकिएको हो । अब ४ वटा वडाको गणना बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
पछिल्लो परिणामअनुसार वडा नं. ३ मा नेकपा एमालेका उम्मेदवार खडक बहादुर अधिकारी ५२८ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गोरख रौलेले २१९ मत ल्याए । १ हजार ३ सय ४० मतदाता रहेको वडामा ७ मा ६७ सय मत खसेको थियो ।
यसअघि एमालेले ४ वटा वडामा विजयी हासिल गरेको छ भने एउटामा कांग्रेसले जितेको छ ।
हालसम्म ६ वडाका ५ हजार ४२५ मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै, नगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले)का उम्मेदवारहरुले फराकिलो मतान्तर कायम गरेका छन् ।
बिहीबार पुनः मतदान भएको बुढीगंगामा मेयरमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँले १५६२ मतान्तरले अग्रता लिएका छन् ।
हालसम्म पाँच हजार ४२९ मत गणना हुँदा बानियाँले ३ हजार ३५१ मत ल्याएका छन् भने नेपाली कांग्रेसका मेयरका उम्मेदवार रंगबहादुर खातीले एक हजार ७८९ मत पाएका छन् ।
उपमेयरमा पनि एमालेकी मायाकुमारी खड्का (कुँवर) ले ३ हजार २७९ मतसहित अग्रता कायम गरेकी छन् । कांग्रेसकी रीता शाहीले एक हजार ८५८ मत ल्याएकी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसअघि ४ वटा वडामा एमालेले विजय हासिल गरिसकेको छ भने एउटामा कांग्रेसले जितेको छ । वडा नम्बर १, २, ९ र १० को अध्यक्षमा एमालेका उम्मेदवार र वडा नम्बर ८ मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।















प्रतिक्रिया