
काठमाडौँ, २५ असार । बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तह निर्वाचनको मतगणना भईरहेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवारले मतान्तर बढाउँदै गएका छन् । जारी मतगणनामा एमालेका तर्फबाट मेयर र उपमेयरले अग्रता बढाउँदै लगेका छन् ।
अहिले वडा नम्बर ३ र ८ को मत गणना भइरहेको छ । पछिल्लो विवरणअनुसार ४ हजार ३६२ मत गणना हुँदा मेयरमा नेकपा एमालेका रामबहादुर बानियाँले २ हजार ६९० मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका रंगबहादुर खातीले १ हजार ४२५ मत ल्याएर पछ्याइरहेका छन् । उनीहरूबीच १,२६५ मतको फरक छ ।
उपमेयरमा नेकपा एमालेकी मायाकुमारी खड्काले २ हजार ६४५ ल्याएकी छन् । नेपाली कांग्रेसकी रिता शाहले १ हजार ४६८ मत ल्याएकी छन् । एमालेकी खड्का १ हजार १७७ मतले अगाडि छन् ।
बुढीगंगा नगरपालिकाका १० वडामध्ये ४ वडाको मत गणना सकिएको छ । मतगणना सकिएका ४ वटै वडामा एमालेका उम्मेदवारले जित हासिल गरेका छन् ।















प्रतिक्रिया