१ कार्तिक २०८३, आइतबार

सातामा सेयर बजार ३६ अंकले घट्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ असार । यो साता नेप्से परिसूचक ३६.१५ अंकले घटेको छ । गत साताको शुक्रबार २०२८ अंकमा रहेको सेयर बजार परिसूचक यो साता उच्च अंकको गिरावटसँगै १९९२ अंकमा आएर रोकिएको हो । यो सातामा नेप्से परिसूचक १.७८ प्रतिशतले खुम्चिएको छ ।

यससँगै, नेप्सेको बजार पूँजीकरण २८ खर्ब रुपैयाँ कायम भएको छ । साताको ६ मध्ये ४ कारोबार दिन नेप्से घटेको थियो । दुई कारोबार दिनमा बढेको नेप्से परिसूचक शुक्रबारसम्मको स्थितीमा ३६ अंकभन्दा बढीले घटेको हो । यो साता आइतबार र बुधबार मात्रै बजारमा सुधार आएको थियो ।