१ कार्तिक २०८३, आइतबार

बाजुराको बुढीगंगामा तीन वडाध्यक्षमा एमाले विजयी, मेयर र उपमेयरमा पनि फराकिलो अग्रता

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, २५ असार । बाजुराको बुढीगङ्गा नगरपालिकाको तीन वटा वडामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

शनिबार विहानको मतगणनामा ९ नम्बर वडामा पनि एमाले निर्वाचित भएको हो । यसअघि एमाले १ र १० नम्बरमा वडा अध्यक्ष जितिसकेको छ ।

बुढीगंगा नगरपालिका वडा नं ९ मा दुई गुणा मतान्तरले एमाले उम्मेदवार विजयी भएका छन् ।

एमालेका मीनबहादुर सिंहले गठबन्धनका भरतबहादुर थापालाई फराकिलो मतान्तरसहित पराजित गरेका हुन् ।

गठबन्धनबार नेकपा एकीकृत समाजवादीका उम्मेदवार थापाले २९३ मत ल्याउँदा सिंह ४९२ मतसहित विजयी भएका हुन् ।

यसअघि वडा नम्बर १ र १० मा पनि एमाले उम्मेदवार विजयी भइसकेका छन् ।

त्यस्तै, मेयर र उपमेयरमा पनि एमालेकै उम्मेदवारहरुको अग्रता रहेको छ ।

हालसम्म ३,६४८ मत गणना हुँदा एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले २,१९६ मतसहित अगाडि छन् भने नेपाली कांग्रेसका मेयर उम्मेदवार रंगबहादुर खातीले १,२३९ मत ल्याएका छन् ।

त्यस्तै, उपमेयरमा एमालेकी मायाकुमारी खड्का कुवँरले २,१७२ मतले अघि छन् भने कांग्रेसकी उपमेयर रीता शाहीले १,२६२ मत पाएकी छन् ।

मेयर र उपमेयरमा क्रमशः ९५७ र ९१० मतले एमालेका उम्मेदवार अघि छन् ।