१ कार्तिक २०८३, आइतबार

बाजुराको बुढिगंगा नगरपालिकामा एमालेको विजयी सुरुवात

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, २४ असार । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा–१ मा नेकपा (एमाले) विजयी भएको छ ।

शुक्रबार भएको मतगणनामा एमालेका रणबहादुर थापा वडाध्यक्षमा ३५ मतको मतान्तरले एमाले निर्वाचित भएका हुन् । कांग्रेसको पक्कड रहेको स्थानमा एमालेले विजयी सुरुवात गरेको हो ।

त्यस्तै, मेयर र उपमेयर दुवै पदमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता कायम गरिरहेका छन् ।

हालसम्म १४ सय मत गणना हुँदा मेयरमा एमालेले ७ सय २२ र नेपाली कांग्रेसले ६ सय १ मत ल्याएको छ । उपमेयरमा एमालेले ७ सय ११ मत प्राप्त गर्दा कांग्रेसले ६ सय २३ मत प्राप्त गरेको छ ।

गत ३० गते भएको निर्वाचनमा विवाद भएपछि बिहीबार पुनः मतदान गरिएको थियो ।