
काठमाडौँ, २४ असार । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आज ट्विटमार्फत आबेको हत्याको भत्र्सना गर्दै निधन प्रति दुःख व्यक्त गरेका हुन् ।
उनले ट्विटरमा लेखेका छन्, “जापानका पूर्वप्रधानमन्त्री आबेको जघन्य हत्याको म घोर भत्र्सना गर्दछु । उहाँ नेपालको असल मित्र हुनुहुन्थ्यो र उहाँले प्रधानमन्त्री हुँदा नेपाल–जापान सम्बन्धलाई मजबुद बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।”
आबेको आज बिहान गोली हानी हत्या भएको हो ।















प्रतिक्रिया