
काठमाडौँ, २४ असार । अभिनेत्री नीता ढुंगाना र ज्योतिष हरिहर अधिकारी वैवाहिक बन्धनमा बाँधिएका छन्। यो जोडी आज ९शुक्रबार० काठमाडौंको याक एन्ड यति होटलमा विवाह बन्धनमा बाँधिएका हुन्।
चार वर्षदेखि प्रेममा रहेका हरिहर र नीताले नजिकका सीमित आफन्तका बीच बिहे गरेका हुन्। नीता र हरिहरले आफ्नो वैवाहिक समारोहमा सञ्चारकर्मीलाई निम्ता गरेनन्। आफ्ना नजिकका आफन्त र चलचित्रकर्मीलाई मात्रै बोलाएको उनीहरुको विवाहमा पुराना अभिनेता सरोज खनाल पुगेका थिए।
विवाहअघि नीता र हरिहरले मनाएको मेहन्दी तथा संगीत पार्टीमा रेखा थापा, अनु थापालगायत चलचित्रकर्मीले सहभागीता जनाएका छन्।















प्रतिक्रिया