१ कार्तिक २०८३, आइतबार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ असार । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पाल्पा तानसेन नगरपालिका-१४ ठेगाना भई हाल काठमाडौं नागार्जुन नगरपालिका-१ बस्ने ५६ वर्षीय बिष्णु प्रसाद गैरेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

विगो रकम ७ लाख ४० हजार रूपैयाँ भएको बैंकिङ कसूर मुद्दामा गैरेको नाममा उच्च अदालत पाटन ललितपुरबाट २०७९ जेठ २७ गते पक्राउ अनुमती समेत जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।