
काठमाडौँ, २४ असार । बाजुराको बुढिगंगा नगरपालिकामा मतगणना शुरू भएको छ।
शुक्रबार दिउसोदेखि वडा नंं १ र १० मतगणना शुरू भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ। दुई ठाउँमा मतगणना शुरू गरिएको हो।
बिहीबार भएको निर्वाचनमा नौ हजार १२८ मत खसेका छन्। यो ६६.८३ प्रतिशत हो। नगरपालिकामा १३ हजार ६५९ मतदाता रहेका छन्। यसअघि गत वैशाख ३० गते भएको निर्वाचनमा ७५.५८ प्रतिशत मत खसेको थियो।















प्रतिक्रिया