१ कार्तिक २०८३, आइतबार

जापानका पूर्व प्रधानमन्त्री आवेको अचेत अवस्थामा उपचार चल्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ असार । जापानका पूर्व प्रधानमन्त्री सिञ्जो आवेमाथि गोली प्रहार भएको छ । नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा पूर्व प्रधानमन्त्री आवेमाथि गोली प्रहार भएको जापानको एनएचके टीभीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आक्रमणकारीले आवेलाई दुई पटक गोली प्रहार गरेका थिए । गोली लागेर ढलेका आवेलाई सुरक्षाकर्मीले तत्कालै खुला ठाउँमा लगेका थिए । केहीबेरपछि एअर एम्बुलेन्सबाट अस्पताल लगिएको र उहाँको होस् आउन नसकेको समाचारमा उल्लेख छ ।

प्रहरीले गोली प्रहार गर्ने ४० वर्षका एक पुरुषलाई पक्राउ गरेको छ । जापानमा गोली प्रहारका घटना निकै कम हुने गरेको अवस्थामा पूर्व प्रधानमन्त्रीमाथि नै आक्रमण हुनुलाई निकै गम्भीरताका साथ लिइएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।