१ कार्तिक २०८३, आइतबार

खैरो हेराइन सहित कैलालीबाट २ जना पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ असार । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका बाट प्रहरीले लागु औषध खैरो हेरोइन सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–९ गौरिकटान घर भएका २३ वर्षीय प्रेम ताम्राकार र गोदावरी नगरपालिका–१२ घर भएका २९ वर्षीय धर्म बडौला छन् ।

प्रेम ताम्राकारको साथबाट १ ग्राम अवैध लागूऔषध ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट पक्राउ गरिएको बडौलाको साथबाट प्रहरीले ८ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।