रसुवा, २० वैशाख । रसुवाको धैबुङ ७ की बुधमाया मोक्तानले महाभूकम्पको आठौं दिनमा राहत त पाइन् । तर खुसी हुनुपर्नेमा उनी त उल्टै रिसाइन् ।
‘यति थोरै राहतले के गर्नु रु’ २ सय ११ घरलाई १३ बोरा चामल आएकामा उनको आक्रोश थियो, ‘अब यो राहत कसले पाउने, कसले नपाउने भन्नेमा झगडा मच्चिन्छ ।’
ढिलो गरी सरकारले पठाएको सीमित राहत स्थानीय जनताका लागि झगडाको बीऊ बन्न पुगेको कान्तिपुर दैनिकले छापेको छ । रसुवास्थित जिल्ला दैवीप्रकोप उद्धार समितिले औधी पीडितलाई पहिलो प्राथमिकतामा राखी राहत वितरण गर्ने बताए पनि त्यस्तो पीडितमा को को पर्छन् भन्ने विवाद यो झगडाको जड हो ।
धैबुङ ७ का वीरबहादुर तामाङलाई परिवारका सदस्य जिम्मा लगाउदै सबै थोक लग्यो ।
१५ सदस्य परिवारलाई घामपानीबाट बचाउने र खुवाउने जिम्मेवारी वीरबहादुरको काधमा आइपरेको छ ।
मुलुकको राजधानीबाट करिब ९० किलो मिटर टाढा बसेका वीरबहादुरले सोचेका थिए भूकम्पले पिडा दिए पनि मल्हम लगाउन सरकार त आइहाल्छ ।
उनले सोचेको भन्दा ठिक उल्टो भइदियो, अघिल्लो शनिबारको महाभूकम्प गए, गाउमा राहत आउनै ६ दिन लाग्यो र वितरण गर्न सातौ दिन ।















प्रतिक्रिया