२ कार्तिक २०८३, सोमबार

दलका नेताहरूको चपेटामा राहत, पीडितले पाएनन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parbat (1)नुवाकोट, २० वैशाख । महाभूकम्पले सर्वाधिक क्षति पुर्‍याएका जिल्लामध्ये तेस्रो जिल्ला नुवाकोटमा दलहरू र प्रशासनबीच असमझदारी उत्पन्न हुँदा पीडितले समयमा राहत पाउन सकेका छैनन् ।

सरकारबाट यसै पनि जिल्लाहरुमा अपर्याप्त राहत पुगेको कान्तिपुर दैनिकले छापेको छ ।

त्यसलाई बाँड्नेबारे छिमेकी जिल्लाहरू लागिरहे पनि नुवाकोट भने महाविपत्तिको आठौं दिन बित्दासम्म अलमलमा छ ।

सदरमुकाम विदुरस्थित कर्मचारी मिलन केन्द्रमा हरेक दिन दैवी प्रकोप उद्धारसमितिको बैठक भनाभनबाट सुरु भएर बाझाबाझमा टुंगिन्छ ।

सभासद् राधिका तामाङ भन्छिन्, ‘बैठकमा कुनै योजना बन्दैन । निर्णय पनि हुँदैन ।’

तीन प्रत्यक्ष र पाँच समानुपातिकसहित आठ सभासद् रहेको यो जिल्लाबाट सरकारमा दुई प्रभावशाली मन्त्री छन्, अर्थमन्त्री रामशरण महत र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे ।