१ कार्तिक २०८३, आइतबार

बारामा भएको लालध्वज हत्या प्रकरणका चार जनालाई जन्मकैद फैसला

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ असार । बाराको अमलेखगंजमा भएको हत्यामा संलग्न चार जनालाई जन्मकैदको फैसला भएको छ ।

जिल्ला अदालतल बारारले अदालतले निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानु’ को हत्या अभियोगमा चार जनालाई जन्मकैद फैसला सुनाएको हो ।

अदालतले घटनाका दोषी केशवराज शिवाकोटी, बन्दना लामा, ‘संजय’ भनिने चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई जन्मकैदको सजाय सुनाएको हो ।

मंगलबार न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले यस्तो फैसला सुनाएको हो ।

गत २०७७ असार २१ गते ससुराली घरमा पसल चलाएर बस्दै आएका लालध्वजको विभत्स हत्या भएको थियो । उनको गाउँ नजिकै दुधौरा खोलापारीको जंङ्गलमा धारिलो हतियार प्रयोग गरी दुवै हात, खुट्टा, पेट, गर्धन र लिङ्गसमेत काटेर विभत्स ढंगले हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।