२ कार्तिक २०८३, सोमबार

काठमाडौं नजिकैको ठूलो भूभाग एक मिटर माथि उठ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । युरोपको सेन्टिनल–१ ए भूउपग्रहबाट प्राप्त ताजा आँकडाले गएको शनिबार आएको भूकम्पका कारण काठमाडौं नजिकैको एउटा ठूलो भूभाग एक मिटरसम्म माथि उठेको देखाएको छ ।

यो वैज्ञानिकहरूले भूउपग्रहबाट पाएको जानकारीलाई एउटा ‘इन्टरफेरोग्राम’का माध्यमबाट प्रस्तुत गरेका थिए ।

‘इन्टरफेरोग्राम’ एउटा रंगीन तर निकै जटिल प्रविधिबाट बन्ने नक्सा हो । जसले पृथ्वीभित्रको ‘फल्टलाइन’को समानान्तर हुने भूमि स्थापनलाई रेखांकित गर्छ ।

भूउपग्रहले आङ्खनो कक्षबाट भूकम्प आउनुअघि र आएपछि लिएको तस्बिरको तुलनाबाट जमिन उठेको तथ्य खुलेको बीबीसीले जनाएको राजधानी दैनिकले छापेको छ ।

‘काठमाडौंको उत्तर–पश्चिममा जमिनको सतह उठेको हो । हामीले इन्टरफेरोग्राममा रंगीन फ्रिन्ज (तरंग)लाई गन्छौं । यसमा करिब ३४ फ्रिन्ज यानि एक मिटरभन्दा बढी सतह उचालिएको देखिएको छ,’ बेलायतको नर्के सेन्टर फर द अब्जर्भेसन एन्ड मोडलिङ अफ अर्थ क्वे, भोल्क्यानोज एन्ट टेक्टोनिक्स ९कोमेट०का प्राध्यापक टिम राइटले भने ।