
तम्घास, २१ असार। गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर एक अग्लुङका १४ वर्षीय चन्द्र विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मङ्गलबार बिहान करिब ४ बजेतिर चट्याङ लागेर घाइते भएका विष्टको उपचारका लागि गुल्मी अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।















प्रतिक्रिया