४ कार्तिक २०८३, बुधबार

यस्तो छ सिन्धुपाल्चोकको हालत (हेर्नुस् फोटोफिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-Sindhupalchok

सिन्धुपाल्चोक, १९ वैशाख । सिन्धुपाल्चोक जिल्लामा मृत्यु हुनेको संख्या ३५ सय पुगेको छ ।

अहिलेसम्म तीन हजार ४७० जनाको निधन भएको तथ्याङ्क प्राप्त भएकामा त्यसमध्ये दुई हजार ५६० को मात्रै सनाखत भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा घाइतेको सङ्ख्या ७ सय ३४ रहेको छ । सिन्धुपाल्चोक जिल्लामा ४० हजारभन्दा बढी घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने हजारौँको सङ्ख्यामा चौपाया मरेका छन् । भूकम्पका कारण मुलुकको सबैभन्दा बढी जनधनको क्षति भएको जिल्लाको कोटीमा सिन्धुपाल्चोक रहेको छ । जिल्लामा खोज, उद्धार, उपचार र राहतका लागि आज मात्रै पाँच वटा हेलिकोप्टर परिचालन गरिएको थियो । ती हेलिकोप्टरबाट १५० जना घाइतेको उद्धार गरी जिल्ला सदरमुकाम ल्याइएको थियो ।

सिन्धुपाल्चोकको फुलपिङ्कट्टी, तातोपानी र लिस्तीकोट गाविसमा भूकम्पबाट के कति जनधनको क्षति भयो भन्ने बारेमा आजसम्म यथार्थ विवरण आइनसकेको सहायक प्रमुख जिल्ला अधिकारी भरत आचार्यले जानकारी दिनुभयो । हेर्नुस् सिन्धुपाल्चोकका केही तस्वीरहरुः

Bhukampa-Gau  Sindhupalchok9 Sindhupalchok8 Sindhupalchok7 Sindhupalchok6 Sindhupalchok5 Sindhupalchok3 Sindhupalchok2 Sindhupalchok10

तस्वीरः प्रदीपराज वन्त, रासस