
काठमाडौँ, १९ असार । नेकपा (माओवादी केन्द्र)ले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ ।
महाधिवेशन सकिएको लामो समयपछि आइतबार सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम पेश गरेका हुन् ।
यद्यपि ३७७ जना केन्द्रीय सदस्य भनिएकोमा चार जनाको नाम भने खाली छोडिएको छ ।
केन्द्रीय समितिमा ज्येष्ठ कम्युनिस्ट लिग, अनुशासन आयोग र लेखा आयोगका संयोजक पदेन सदस्य रहनेछन् ।
त्यस्तै माओवादी केन्द्रले ९४ जनामध्ये ८६ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरेको छ । बाँकी ८ जनाको पछि थपिने जनाइएको छ ।
माओवादीले यसअघि २९९ जना मात्रै केन्द्रीय सदस्य रहने जनाएको थियो ।
हेर्नुहोस् को-को परे ?















प्रतिक्रिया