
काठमाडौँ, १९ असार । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खडा भएको गुटबीच भेटवार्ता भएको छ ।
त्यसबेलाका सचिवालय सदस्यहरुबीच आइतबार साँझ ललितपुर हातिबनमा भेटवार्ता भएको हो ।
भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम समेत सहभागी भएका छन् ।
उनीहरु सबै तत्कालीन नेकपाको सचिवालयमा थिए । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताइएको छ । त्यस्तै, कतिपयले बाम एकताका लागि यो भेटवार्ता भएको हुनसक्ने पनि बताएका छन् ।















प्रतिक्रिया