रबिना बोहरा
बागलुङ, १९ बैशाख । बागलुङमा एमाओवादी र काँग्रेसबाट ५० जना एमालेमा प्रवेश गरेका छन् ।
बागलुङ नगरपालिका–६ ढिकिचौर र हराचौरमा आयोजित जनभेटघाट तथा धन्यवाद ज्ञापन कार्यक्रममा ५० जना एमालेमा प्रवेश गरेका हुन् ।
एकीकृत नेकपा माओवादीबाट ३८ र नेपाली कांग्रेसका १२ जना गरी ५० जना एमालेमा प्रवेश गरेको नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य मनाकुमारी केसीले जानकारी दिनुभयो । ढिकीचौरमा सम्पन्न कार्यक्रममा एकिकृत नेकपा माओवादीका वडा कमिटी सचिव तेजराज गौतमको नेतृत्वमा ३८ जना नेकपा एमालेमा प्रवेश गरेका हन् । कार्यक्रममा सबिता गैरे, कबिता गैरे, दुर्गाप्रसाद विक, इश्वर गौतम, रामु गौतम, गणेश केसी, महिना विक, दिपक केसी, नन्दलाल विक लगायत एमाओवादी र नेपाली कांग्रेसका गरी ५० जनाले पार्टी प्रवेश गरेको केसीले बताउनुभयो ।
कार्यक्रममा केसीले देशमा आएको भूकम्प जस्तो बिपत्तिमा सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले भूकम्प पीडितहरुको लागि पार्टीले राहत रकम संकलन गरिरहेकाले आफूहरुले गर्न सक्ने सबै सहयोग गर्ने बताउनुभएको थियो ।

















प्रतिक्रिया