
काठमाडौँ, १९ असार । सभामुख अग्निप्रसाद सापकोटा असंलग्न आन्दोलनको सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्कंदै छन् ।
सापकोटा अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर स्वदेश फर्कन लागेका हुन् ।
सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल आइतबार साँझ ७ः१५ मा नेपाल आइपुग्ने समय तालिका रहेको जनाइएको छ ।
सभामुख सापकोटा असार १४ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।















प्रतिक्रिया