
काठमाडौँ, १९ असार । काठमाडौँको बुद्धनगरस्थित केएमसी स्कुलको एक कर्मचारी मृत फेला परेकी छन् ।
स्कुलको क्यान्टिनमा कार्यरत काभ्रेको तेमाल गाउँपालिका घर भएकी २१ वर्षीया रमा रायमाझी मृत भेटिएकी हुन् ।
रायमाझी स्कुलको गर्ल्स होस्टेलको छेउमा झुण्डिएको अवस्थामा शनिबार बेलुका भेटिएकी काठमाडौँ प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जनाएका छन् ।
डेढ वर्षदेखि कार्यरत उनको हत्या भएको भन्दै आफन्तले शव उठाउन दिएका छैनन् ।
रातीदेखि नै त्यहाँ स्थानीय र मृतकका आफन्तको भीडभाड छ । गएराति त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विशेषज्ञ गोपाल चौधरीसहितको टोली स्कुल पुगेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया