१ कार्तिक २०८३, आइतबार

पटक-पटक स्थगित भएको माओवादीको केन्द्रीय समिति बैठक आज बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ असार । पटक–पटक स्थगित हुँदै आएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।

बैठकमा संगठनलाई पूर्णता दिने पदाधिकारी चयन लगायत कार्यसूची रहेको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जनाएका छन् ।

केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन पनि कार्यसूचीमा रहेको उनले बताए ।

बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा पनि हुने बताइएको छ ।