१४ कार्तिक २०८३, शनिबार

प्रचण्डले ललितपुरका भूकम्प पीडितलाई राहत बाँडे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachandaकाठमाडौँ, १९ वैशाख । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आज भूकम्पबाट पीडित भएका ललितपुर हरिसिद्धि क्षेत्रमा राहत वितरण गर्नुभएको छ ।

उहाँले सय बोरा चामल, ९० थान सिल्पिङ व्याग, पाँच लिटर खाने तेल तथा अन्य राहत सामग्री वितरण गर्नुभएको थियो ।
स्थानीयबासीलाई उहाँले आफ्नो पार्टीले सक्दो सहयोग गर्ने र त्यसका लागि निरन्तर प्रयास गरिरहेको जानकारी गराउनुभएको थियो ।

राहत तथा उद्धारका लागि आफ्नो पार्टीको भातृ तथा जनवर्गीय सङ्गठनहरु सक्रियताका साथ परिचालित भइरहेको अध्यक्ष दाहालले बताउनु भयो ।

प्राकृतिक विपत्तिको समयमा सबै राजनीतिक दलहरु मिलेर जनतालाई राहत दिनुपर्नेमा सरकारको भूमिका प्रभावकारी नभएको भन्दै उहाँले आफ्नो पार्टीले ध्यानाकर्षण गराएपछि केही न केही रुपमा सरकार क्रियाशील हुन थालेको उल्लेख गर्नु भयो ।

सङ्कटको घडीमा सहयोग गर्न एमाओावादी तयार रहेको भन्दै धैर्यताकासाथ रहनसमेत उहाँले आग्रह गर्नुभएको थियो । स्थानीयले भने सरकारले हालसम्म त्रिपालको समेत व्यवस्था गर्न नसकेको गुनासो गरेका थिए । रासस