१ कार्तिक २०८३, आइतबार

निजगढ पुगे गठबन्धनका शीर्ष नेताहरु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ असार । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरू बाराको निजगढ पुगेका छन् ।

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकनका लागि उनीहरु त्यहाँ पुगेका हुन् ।

सर्वोच्च अदालतले निजगढ विमानस्थलबारे फैसला गरेको केही दिनमै गठबन्धनका शीर्ष नेताहरु अवलोकनका लागि त्यहाँ पुगेका हुन् ।

टोलीमा प्रधानमन्त्रीसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता रहेका छन् ।

उनीहरु आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।