
काठमाडौँ, १८ असार । सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रतिको विश्वासका आधार ने समाप्त पारेको केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले बताएका छन् ।
प्रचण्डले बहुविवाह गर्ने आफ्ना छोरा प्रकाश दाहालको शालिक अनावरण गरेपछि आम जनताका नेता नभई एक जनाका पिता मात्रै रहेको स्पष्ट देखिएकोले पार्टीप्रति जनताको विश्वास उडेको न्यौपानेको निष्कर्ष रहेको छ ।
न्यौपानेले सामाजिक सञ्जालमार्फत चिनियाँ नेता माओत्सेतुङको प्रसंग जोडेर छोरा कि आम जनता भन्ने विषयलाई उठान गरेका हुन् ।
शुक्रबार प्रचण्डले नुवाकोटको ककनीमा आफ्ना छोरा साकार दाहाल ‘प्रकाश’को शालिक अनावरण गरेका थिए ।
राज्यकोषको दोहन गरी प्रचण्ड पुत्र प्रकाशको सालिक निर्माण गरिएकोमा चौतर्फी आलोचना भइरहेको छ ।
माओवादीका नेता न्यौपानेले माओलाई जोडेर प्रचण्डको पुत्र मोहलाई उजागार गरेका हुन् । उनले माओका बाउ–छोराको तस्बिरसमेत सेयर गरेका छन् ।
यस्तो छ लेखनाथको स्ट्याटस

५ लाख चिनियाँ स्वयंसेवक कोरियाली जनतालाई सगाउन कोरिया गएका थिए, त्यसमध्येका एक थिए माओका जेठा छोरा माओ आनइङ । कोरिया युद्ध (सन् ज्ञढछण्–ज्ञढछघ) मा ३० हजारभन्दा बढी चिनियाँ स्वयंसेवक अमेरिकी आक्रमणमा मारिए, त्यसमध्ये आनइङ पनि ज्ञढछण् नोभेम्बर द्दछ मा मारिएका थिए । छोरो सहिद भएको खबर माओले बुहारीलाई सुनाए, त्यसबेला उनको काखमा सानो बच्चा (माओको नाति) थियो ।
माओको बुहारीले ‘अब जिउँदो पति देख्न नपाए पनि शवको अनुहार अन्तिम पटक हेर्ने इच्छा छ’ भनिन् । त्यसपछि माओेले बुहारीलाई भने, ‘तिम्रो पति मात्र होइन मारिएका अरू ३० हजार चिनियाँ योद्दाहरु कोरियामा मारिएका छन् । ती सबैको शव चीन ल्याउनुपर्छ, जुन सम्भव नै छैन । त्यसकारणा हाम्रो छारोको मात्र शव ल्याउन मिल्दैन । हाम्रो छोराको मात्र शव ल्याउने र अरुको नल्याउने हो भने जसजसका परिवारबाट कोरियामा सहिद भए उहाँहरुले हाम्रो पार्टी, आन्दोलन र नेतृत्वप्रति कहिल्यै विश्वास गर्दैनन् ।’ पति वियोगमा परेकी माओकी बुहारीले माओको कुरामा चित्त बुझाइन किनकि उनी पनि एक योद्दा थिईन ।
यसकारणा माओ, माओ बने । आजसम्म त्यसरी नै बाँचिरहेका छन् । आज पनि उनलाई सम्पूर्ण चिनियाँहरुले हृदय (चाकरी गर्न होइन) देखि सम्मान गर्छन । दैनिक ६५ हजार चिनियाँ युवाहरु माओको शाओशान गाउँको घर (संग्रहालय) अवलोकन गर्छन् र हाम्रो महान् नेता भनेर गर्वले छाती चौडा बनाउँछन् ।















प्रतिक्रिया