
काठमाडौँ, १८ असार । अविरल वर्षासँगै गएको पहिरोले पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् ।
पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ३ जना तीन जना बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा ४२ वर्षीय रुपलाल, उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् ।
रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिट्टिएर बाँच्न सफल भएका छन् ।
शुक्रबार राति पहिरो झरेर ढुङ्गा, माटोले बनेको रुपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
प्रहरीले उद्धार गरिरहेको जनाएको छ ।















प्रतिक्रिया