
काठमाडौँ, १७ असार । अजोड इन्स्योरेन्स लिमिटेड र ज्यापु समाज यलबीच निर्जीवन बिमा सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा अजोडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र ज्यापु समाज यलका अध्यक्ष तिर्थलाल महर्जनका बिचमा ज्यापु समाज यल र सो संस्थासँग आवद्ध उद्योगी व्यवसायी सदस्यहरुको निर्जीवन बीमा सम्बन्धी कार्य गर्न र बीमा सचेतना, बीमा जागरण तथा बीमा शिक्षा सञ्चालन गर्न हस्ताक्षर भएको हो ।
कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेडका कर्मचारीहरुको र ज्यापु समाज यलका सदस्यहरुकोे समेत उपस्थिति रहेको थियो ।















प्रतिक्रिया