
काठमाडौँ, १७ असार । बैंकिङ कसूरमा ६५ लाख जरिवाना र कैद सजाय तोकिएको फरार दुई जना आरोपित पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोले ५५ लाख जरिवाना र ११ दिन कैद तोकिएका महोत्तरी घर भइ हाल ललितपुरको महालक्ष्मीमा बस्ने २८ वर्षीय गौरभ शर्मा र ९ लाख ९० हजार जरिवाना र २ दिन कैद तोकिएका धादिङ घर भइ काठमाडौँको तारकेश्वर बस्ने प्रेम बहादुर गुरुङलाई पक्राउ गरेको हो ।
उनीहरुविरुद्ध पर्याप्त मौज्दात रकम नभएको खाताबाट रकम भुक्तान हुने भनी जानी–जानी झुक्याएको भन्दै परेको जाहेरीमा उच्च अदालत पाटनले नगदसहित कैद सजायको फैसला गरेको थियो ।
बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम कैद तथा जरिवाना हुने फैसलापछि फरार रहेका उनीहरुलाई ब्यूरोको टोलीले बालुवाटारबाट शुक्रबार पक्राउ गरेको जनाएको छ ।
उनीहरुलाई अदालतको फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोले जनाएका छन् ।















प्रतिक्रिया