
काठमाडौँ, १७ असार । सानिमा बैंक लिमिटेडले शुक्रबार तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
शाखाको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र यस बैंकका संचालक गायत्री थापाले संयुक्त रुपमा गरे ।
समुद्घाटन् समारोहमा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार श्रेष्ठ र बैंकका संचालक थापा काठमाडौँको नेपालटारमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बंैकका ग्राहक तथा समस्त सरोकारवालाहरुलाई निरन्तर सहयोग एवम् सदभावका लागि कृतज्ञता व्यक्त गरे ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र ११८ वटा ए.टि.एम्. संचालनमा रहेका छन् ।















प्रतिक्रिया