१ कार्तिक २०८३, आइतबार

एमालेद्वारा राष्ट्रियसभा बैठक बहिष्कार

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बोल्न थालेपछि बहिस्कार गरेका छ ।

एमाले सांसदहरुले शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट पारित ‘आर्थिक विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने कार्यसूची थियो ।

एमाले सांसद भैरवसुन्दर श्रेष्ठले बैठकको सुरुमै आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रयोग गरी मुलुकलाई नै हानी पुर्याएकाले भन्दै निष्पक्ष छानबिनको माग गर्दै बैठक बहिष्कार गर्ने बताएका थिए ।

त्यसपछि एमालेका सांसदहरु बैठकबाट बाहिरिएका थिए । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने प्रतिपक्षी दलको बहिष्कारका बाबजुद बैठकको कार्यसूची अगाडि बढाएका छन् ।