१ कार्तिक २०८३, आइतबार

वागमतीको मुख्यमन्त्री परिवर्तनबारे यस्तो छ नयाँ ट्वीस्ट

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असार । वागमती प्रदेशमा सरकार परिवर्तनका लागि कसरत तीव्र भएको छ ।

मुख्यमन्त्री परिवर्तनका लागि कांग्रेस र माओवादी केन्द्रले बहुमत सांसदको हस्ताक्षर संकलन गरेर प्रदेश प्रमुखलाई बुझाउन लागेको बताइएको छ ।

तर प्रदेशको राजनीतिले नयाँ मोड लिने सम्भावना बढेको बताइन्छ । एमालेबाट फुटेर नेकपा (एकीकृत समाजवादी)मा गएर मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेलाई ठूलो दल एमालेले साथ दिन सक्ने सम्भावनाबारे पनि छलफल हुन थालेको बताइएको छ ।

यदि त्यसो भएमा कांग्रेस र माओवादीले समर्थन फिर्ता लिए पनि पाण्डेको पद जोगिनेछ ।

एमालेसँग प्रदेशसभामा ४१ सांसद छन् भने नेकपा एसका १३ जना छन् । वागमती प्रदेश सभामा ५४ जना सांसद भए बहुमत पुग्छ । जुन एमाले र नेकपा एससँग छ ।

एमालेका प्रमुख सचेतक दिपक निरौलाले पाण्डेले औपचारिक रुपमा एमालेसँग सहयोग मागेको खण्डमा छलफल गर्न सकिने संकेत गरेका छन् ।

कांग्रेसले समर्थन फिर्ता लिए पाण्डे समक्ष एमालेसहतिको सरकार बनाउने, शीर्ष नेतृत्व गुहारेर सरकार टिकाउँने वा राजीनामा दिने विकल्प रहनेछ ।