१ कार्तिक २०८३, आइतबार

पौडेलले सरकारको आलोचना गर्दै भने- आयल निगम व्यापारीलाई अर्बौँमा दिने चलखेल हुँदैछ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असार । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारले नेपाल आयल निगम अर्बौँमा व्यापारीलाई दिन खोजिएको बताएका छन् ।

बिहीबार ६४ औ संसद सेवा दिवसका अवसरमा काठमाडौंमा भएको कार्यक्रममा उनले भने, ‘फेरि पनि सुन्दै छु, आयल निगम व्यापारीलाई दिने रे । यो चलखेल हो, यहाँ करोडको कुरा छैन अर्बका कुरा छन् ।’

त्यस्तै, नेता पौडेलले सरकारले किसानलाई मल दिन नसकेको भन्दै आलोचना गरेका छन् ।

नीतिगत भ्रष्टाचारका कारण किसानले मल नपाएको पौडेलको भनाइ छ । ‘खेती गर्ने बेला छ, मलको हाहाकार छ,’ उनले भने, ‘यो सबै नीतिगत भ्रष्टाचारले भएको हो ।’