काठमाडौँ, १६ असार । काठमाडौँको कीर्तिपुरमा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
उनीमाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवक पक्राउ गरेको छ ।
कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका–१० घर भएका २० वर्षीय साजन प्रजालाई बालिका बलात्कार आरोपमा प्रहरीले वुधबार राति पक्राउ गरेको हो ।
ती बालिकालाई ललाई फकाई आफ्नै कोठामा लगी प्रजाले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, मुस्ताङमा १६ वर्षीया किशोरीमाथि करणी आरोपमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागवेनी बस्ने शेरथाङ सेल्फी डाडाँस्थित थेसाङ सेल्फी रेष्टुरेन्टका संचालक ३२ वर्षीय दिन्डुक छिरिङ गुरुङ पक्राउ परेका छन् ।
ती किशोरीलाई त्यही रेष्टुरेन्टमा करणी भएको आरोपमा प्रहरीले संचालकलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस