२ कार्तिक २०८३, सोमबार

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले दिए राजीनामा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, १६ असार । भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन् ।

बहुमत परीक्षणका लागि सर्वोच्च अदालतले आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन् । सामाजिक सञ्जालबाट उनले मुख्यमन्त्री पद त्यागेको घोषणा गरेका छन् ।

साथै उनले मुख्यमन्त्री पदबाट राजीनामा गर्दा कुनै दुःख नलागेको बताएका छन् । ठाकरे भारतको शिवसेनाका प्रमुख समेत हुन् ।

बहुमत परीक्षण गर्न आज विधान सभाको विशेष अधिवेशन आह्वान गरिएको थियो । ठाकरेले राज्यपाल भगतसिंह कोसियारीलाई राजभवन पुगेर आफ्नो राजीनामा बुझाएका हुन् ।