१ कार्तिक २०८३, आइतबार

बालुवाटारमा लागेको आगो तीन घन्टापछि नियन्त्रणमा

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ असार । बालुवाटारस्थित सुनौलो परिवार नेपाल रहेको भवनमा लागेको आगो करिब तीन घन्टापछि नियन्त्रणमा आएको छ।

काठमाडौँको बालुवाटारस्थित सुनौलो परिवार कार्यालयको भवनमा रहेको औषधी गोदाममा लागेको आगो नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले दमकल प्रयोग गरेर नियन्त्रणमा लिइएको हो । आगो निभाउन नेपाल प्रहरीको वटर क्यानोन, तीन ओटा दमकल र दुई ओटा पानी ट्याङकर प्रयोग गरिएको थियो ।

आगलागी के कारणले भएको भन्ने खुलेको छैन। क्षतिको विवरण आउन बाँकी छ ।