
काठमाडौं, १५ असार । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कर्मचारी संघको निर्वाचनमा सत्तारुढ दलको प्यानललाई पराजित गर्दै प्रगतिशील समूहको प्यानलै निर्वाचित भएको छ ।
संघको आगामी नेतृत्वका लागि प्रगतिशील प्यानलका अध्यक्ष छत्रबहादुर कार्कीको प्यानलै निर्वाचित भएको छ ।
यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा प्रगतिशील समूहका भुपेन्द्र लामा, उपाध्यक्षमा पुष्कर खनाल, विजय कुशवाह, रविलोचन श्रेष्ठ, प्रजापति पराजुली, माधव ज्ञवाली, ईश्वरी रेग्मी र मिङमा दोर्जे शेर्पा निर्वाचित भएका छन् ।
संघको महासचिवमा सिर्जना भोमी, सचिवमा उज्ज्वलमान प्रधान र कोषाध्यक्षमा प्रतिमा खत्री निर्वाचित भएका छन् ।
















प्रतिक्रिया