५ कार्तिक २०८३, बिहिबार

राप्रपा नेपालले कर्णालीको सुर्खेतमा अन्तरक्रिया गर्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १५ असार । राप्रपा नेपालले कर्णाली प्रदेशको सुर्खेतमा अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला गर्ने भएको छ ।

प्रदेशको राजधानीहरुमा कार्यक्रम गरिने तय भए अनुसार यसअघि हेटौंडा, विराटनगर, जनकपुर, बुटवल पोखरा र धनगढीमा कार्यक्रम सम्पन्न भइसकेका छन् । भोलि असार १६ गते सुर्खेतमा कार्यक्रम आयोजना गरिन लागेको र कार्यक्रमको सम्पूर्ण तयारी सम्पन्न भएको युवक संगठनका केन्द्रीय महासचिव जनक फडेराले जानकारी दिए ।

कार्यक्रमका निमित्त पार्टीका महामन्त्री राजाराम बर्तौला र केन्द्रीय सदस्य पुरु दाहाल सुर्खेत आइसकेका छन् । महामन्त्री बर्तौलाका अनुसार विभिन्न वर्ग, क्षेत्र र समुदायका व्यक्तिहरूसँग पार्टी अध्यक्ष कमल थापाले अन्तरक्रिया गर्नेछन् भने प्रदेश क्षेत्र भित्रका जिल्लाका अध्यक्षसहित प्रतिनिधिहरुको सहभागीतामा छुट्टै अगुवा कार्यकर्ता भेलाको आयोजना हुनेछ ।

कार्यक्रममा सहभागी हुन अध्यक्ष कमल थापा भोलि सुर्खेत आउने कार्यक्रम रहेको केन्द्रिय सदस्य ईश्वर श्रेष्ठले जानकारी दिए । महामन्त्री बर्तौलाले विभिन्न ६ प्रदेशमा सम्पन्न भएका कार्यक्रमबाट जनभावना बुझ्न मद्दत गरेको र पार्टीको भाबी नीति, कार्यदिशा र कार्यक्रम निर्माण गर्न समेत सघाउ पुग्ने बताए ।

कार्यक्रमबाट प्राप्त सल्लाह, सुझाब, प्रतिक्रिया अनुसार पार्टीलाई नयाँ शिराबाट अघि बढाउने नीति पार्टीले अबलम्बन गर्ने उनले बताए ।