४ कार्तिक २०८३, बुधबार

रुपन्देहीमा एमालेको राहत संकलन अभियान तिव्र, साढे ८ लाख संकलन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Yemaleबुटवल, १९ वैशाख । नेपालमा शनिवार आएको विनाशकारी भूकम्पबाट पीडित बनेका परिवारलाई सहयोग गर्न नेकपा एमाले रुपन्देहीले राहत संकलन अभियानलाई तिव्र बनाएको छ ।

रुपन्देही क्षेत्र नं. ४ मा एमालेले प्राकृतिक प्रकोप महाभूकम्पबाट पीडितहरुको लागि क्षेत्र अन्तर्गतका शाखा कमिटीहरुलाई परिचालन गरी शनिवार बिहानसम्म ८ लाख ५७ हजार राहत संकलन गरेको छ ।

एमालेले विभिन्न शाखामा जिल्ला कमिटीबाट तोकिएका इन्चार्जहरुको संयोजकत्वमा जनताको घरदैलोमा पुगी राहत संकलन अभियान गरिरहेको छ । क्षेत्र नं. ४ अन्तर्गत बुटवल १-४ ले ६७ हजार ३ सय, बुटवल ५ ले ३३ हजार २ सय ४५ उठाएको छ ।

त्यस्तै बुटवल ६ ले १ लाख ४ हजार ४ सय ४३, ७ ले ३५ हजार, ८ ले १६ हजार, ९ ले ६१ हजार ३ सय, बुटवल १० ले ४४ हजार ५ सय, ११ ले ४२ हजार ५ सय, १३ ले १ लाख ३५ हजार, १४ ले ४३ हजार, १५ ले १ लाख ४ हजार उठाएको छ । त्यस्तै मोतिपुरले ४२ हजार र सैनामैनाले १ लाख २८ हजार ७ सय रकम उठाइएको जानकारी क्षेत्रीय प्रचार विभाग प्रमुख घनश्याम चापागाईले गराएका छन् ।

एमाले क्षेत्रीय कमिटीको निर्णय बमोजिम बिहिवारदेखि सबै वडामा राहत संकलन कार्य सुरु गरिएको र अझै पनि केही वडामा जारी भएको हुँदा उक्त संकलित रकम एकमुष्ट रुपमा जिल्ला कमिटी मार्फत पार्टीको केन्द्रीय प्राकृतिक प्रकोप विपत्ति राहत कोषमा पठाइने जानकारी जिल्ला सदस्य एवं क्षेत्रीय सहइन्चार्ज चित्रबहादुर केसीले गराएका छन् ।