१ कार्तिक २०८३, आइतबार

अब काठमाडौँका खुल्ला स्थानमा खानेकुरा बेच्न नपाइने, बेचे कारवाही

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ असार । काठमाडौँ महानगरपालिकाले हैजा संक्रमण नियन्त्रणका लागि भन्दै खुल्ला स्थानमा खानेकुरा बेच्न निषेध गरेको छ ।

महानगरले मंगलबारदेखि नै खुल्ला सडकमा खानेकुरा बेच्न निषेध गरिएको जनाएको छ ।

उपत्यकामा हैजाका बिरामी बढेको भन्दै पानी प्रयोग हुने खानेकुरा खुल्लामा बेच्न महानगरले रोक लगाएको हो ।

आदेशको उल्लंघन गरेमा जरिवानासहित कारवाही गरिने महानगरले चेतावनी पनि दिएको छ ।

त्यसैगरी, होटल रेष्टुराँको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागलाई अनुरोध गरिएको पनि महानगरका स्वास्थ्य विभागले जनाएको छ ।

महानगरले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई पानीको पाइपलाइन तथा ढल प्रणालीको अवस्था हेर्न तथा सुधार गर्न पनि अनुरोध गरेको जनाएको छ ।

यसअघि ललितपुर महानगरपालिकाले पनि पानीपुरी बेच्ने निषेध गरेको थियो ।