१ कार्तिक २०८३, आइतबार

शैक्षिक प्रमाणपत्र कीर्ते गरी पेश गर्ने पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १४ असार । शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको अभियोगमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती ठेगाना भएका ५३ वर्षीय माधव प्रसाद तिमल्सिनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत राष्ट्रिय सहकारी विकास वोर्डको संचालक पदमा नियुक्तिको लागि पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उतीर्ण गरेको माधब प्रसाद तिमल्सिनाको नाममा जारी भएको चारित्रिक प्रमाणपत्र र उनकै नाममा पाटन मल्टिपल क्याम्पसको स्नातकको हुम्यानिटिज र सोसल साइन्सको ट्रान्स्कृप्ट कीर्ते गरी २०७८ चैत ६ गते निवेदन साथ राष्ट्रिय सहकारी विकास वोर्डमा पेश गरेको पाइएपछि उनलाई ललितपुर थसीखेलबाट केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको छ ।